
जिल्लाको सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक वृद्धको मृत्यु भएको छ ।
बिहीबार (आज) बिहान घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले भैँसीले हानेर घर्तीको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिएका छन् ।