२०८३ बैशाख ३० , बुधवार

मेलम्चिको पानी फूटेपछि बबरमहलका बस्तीमा डुबान, अदालतको काम रोकियो, प्रशुतिगृहमा सुरक्षा सतर्कता

babarmahal

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि बस्ती डुबानमा परेको छ ।

पाइप फुटेपछि अहिले बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेको हो ।

ठूलो पाइप भएकाले वितरण केन्द्रबाट बन्द गर्दा पनि जमेको पानी आउने क्रम रोकिएको छैन ।

बबरमहलमै रहेको विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अन्य सरकारी कार्यालयका काम पनि रोकिएका छन् ।

नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी र नेपाली सेनासहितको टोलीले अहिले उद्धारको कार्य गरिरहेको छ ।