
सुनाखरी न्युज/ काठमाडौं ।
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१००/– दरका २०,८०,००० कित्ताले हुन आउने रकम रु.२०,८०,००,०००/– (अक्षरुपी वीस करोड असी लाख मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष श्री वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।