२०८२ फाल्गुन २६ , मंगलबार

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड अव नयाँ स्थान र भवनबाट संचालनमा :

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मिति २०५८/०६/१२ गते देखि केन्द्यि कार्यालय रत्ननगर नगरपालिका वडा नं. १, बकुलहर, टाँडी, चितवनमा राखी चितवन जिल्लालाई आधार बनाई चितवनको मूख्य मूख्य पाँच स्थानमा (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरु खोली आफ्नो बैंकिङ्ग कारोवार संचालन गर्दै आइरहेको यस नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधुनिक बैंकिङ्ग प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोवारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ बनाउने अभिप्रायले बैंकको २२ औं साधारण सभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गर्ने निर्णय गरे बमोजिम चितवनको व्यापारिक केन्द्रको रुपमा विकसित भरतपुर महानगरपालिका वडा नं १० वाइपास रोड, स्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा आजकै मिति (मिति २०८१/१०/२७) बाट स्थानान्तरण भै हाकिमचोक स्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गराएकोछ ।