२०८२ चैत्र २ , सोमवार

अध्यादेशबारे प्रधानमन्त्री ओली– मत भन्ने बेला भएको छैन 

Kp Oli

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे अहिले मतदान गर्ने बेला नभएको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।‘अध्यादेशबारे अहिले मतदान गर्ने बेला भएको छैन,’ प्रधानमन्त्री ओलीले सञ्चारकर्मीको प्रश्नको जवाफमा भनेका छन् ।सरकारले हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश ल्याएको थियो ।जहाँ महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा बिभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ । अध्यादेश पारित गर्नका लागि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ ।