
सुनाखरी नयुज/ काठमाडौं ।
यो साता सेयर बजार १.५ प्रतिशत अर्थात् ४२ अंक बढेको छ । गत साता २६५७ मा बन्द भएको बजार यो साता २६९९ अंकमा पुग्यो ।
समग्रमा यो साता बजारले वृद्धिलाई निरन्तरता दियो । गत साता जम्मा ३ अंक बजार बढेको थियो ।यो साता आइतबार १२ अर्ब ९५ करोडको कारोबार भयो । जुन कारोबार रकम भदौयताकै उच्च हो । त्यसपछि बजार सुस्ताउँदा कारोबार रकम पनि बढ्न सकेन । सोमबार ११ अर्ब ८७ करोड, मंगलबार ८ अर्ब ९१ करोड, बुधबार ८ अर्ब ९५ करोड र बिहीबार ९ अर्ब २४ करोडको कारोबार भयो ।