२०८२ फाल्गुन २५ , सोमवार

विश्व अन्तरधार्मिक सद्भाव सप्ताह

Capture

सुनाखरी नयुज/ काठमाडौं ।

शान्ति र अहिंसाको संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्व अन्तरधार्मिक सद्भाव सप्ताह विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ आज समापन हुँदैछ । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरीको पहिलो सातालाई विश्व अन्तरधार्मिक सद्भाव सप्ताहका रुपमा मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घले जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोही वर्ष गर्नुभएको प्रस्ताव राष्ट्रसङ्घीय महासभाले पारित गरेसँगै विभिन्न मुलुकका सरकार, संस्था र नागरिक समाजले यो सप्ताह मनाउँदै आएका छन् । मानवबीच पारस्परिक समझदारी, सद्भाव र सहयोग बढाउन तथा सबैलाई स्वैच्छिक रूपमा र आफ्नो धार्मिक परम्परा वा विश्वासअनुसार मन्दिर, मस्जिद, गिर्जाघरलगायत अन्य पूजास्थलहरूमा आफ्नो आस्था प्रकट गर्न तथा अन्तरधार्मिक सद्भाव र सद्भावनाको सन्देश फैलाउन प्रोत्साहन गर्नु यो सप्ताहको उद्देश्य हो ।

रासस