२०८२ चैत्र १ , आइतवार

सेयर बजार घट्दा पनि फाइनान्समा उत्साह

Capture

सुनाखरी नयुज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६४ अंक घटेको छ । सो कमीपछि नेप्से २६९९ अंकमा कायम भएको छ । दिनभरको कारोबारमा १२ : ०५ बजे नेप्से परिसूचक २७२० अंकसम्म पुगे पनि टिक्न सकेन । बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे ।

अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.५१, सुपरमादी हाइड्रोपावरको ५.७१, मल्टिपर्पस फाइनान्सको ४.९६ तथा नेपाल फाइनान्सको ४.१६ प्रतिशत मूल्य बढ्यो ।भयो । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रह्यो । । फाइनान्स १.५८ प्रतिशत बढ्यो । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो । बजार घट्दा कारोबार रकम बढेको छ । कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।