२०८३ बैशाख २४ , बिहिवार

भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

accident

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको गुजरातमा आइतबार बिहान तीर्थयात्री सुवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

चालकले नियन्त्रण गुमाउँदा आज बिहान सवा चार बजेतिर बस सडबाट ३५ फुट तल खसेको थियो ।

प्रहरीका अनुसार  बसमा ४८ यात्रु थिए । तीमध्ये दुई महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य यात्रु सामान्य घाइते छन् ।

घाइतेहरुलाई उपचारका लागि अहवास्थित अस्पतालमा भर्ना गरिएको छ ।

बस तीर्थयात्रीलाई लिएर गुजरातको द्वारका जाँदै थियो । उनीहरु मध्यप्रदेशका गुना, शिवपुरी र अशोकनगर जिल्लाका थिए ।