२०८२ चैत्र २ , सोमवार

आज मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेण्डा ?

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषदको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ ।

 

यही माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । संसद सुरु हुनुअघि ल्याइएका अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेश गर्ने तयारीमा सरकार छ ।