२०८२ चैत्र २ , सोमवार

मधेशकेन्द्रित आठ दल छलफलमा

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

मोर्चा बनाउन सक्रिय मधेशी राजनीतिक दलहरूको बैठक जारी छ । काठमाडौंको अनामनगरमा सोमबार दिउँसो विभिन्न आठ वटा राजनीतिक दलहरू छलफलमा जुटेका हुन् । संसद्को हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ । संसद्‌मा मधेशी दलहरूको उपस्थिति कस्तो बनाउने र मोर्चाका क्रियाकलाप कसरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको स्रोतले बताएको छ ।