२०८२ फाल्गुन २८ , बिहिवार

आप्रवासीहरूलाई फिर्ता पठाउने विमान कोलम्बियाले रोकेपछि…

Trump

सुनाखरी न्युज/ वासिङ्टन डिसी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन्।

कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले भरिएका अमेरिकी विमानहरूलाई कोलम्बियामा अवतरण गर्न अनुमति दिएन। आप्रवासीहरूलाई ल्याइएका विमानहरू सैन्य विमान भएको सरकारको तर्क थियो ।

कोलम्बिया सरकारको यो कदमपछि डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन्, ‘हामी कोलम्बियालाई आफ्नो कानुनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौँ। कोलम्बियाले जबरजस्ती संयुक्त राज्य अमेरिकामा निर्वासित गरिएका अपराधीहरूलाई फिर्ता लिनुपर्नेछ।’

कोलम्बियामा पनि २५ प्रतिशत कर लगाउने र एक साताभित्र यो कर बढेर ५० प्रतिशत पुग्न सक्ने ट्रम्पको चेतावनी छ । यसबारे जवाफ दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भने, ‘अमेरिकाले २५ प्रतिशत कर लगाएको प्रतिक्रियामा हामीले अमेरिकामा पनि २५ प्रतिशत कर लगाउनेछौँ ।’

यसअघि आइतबार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, ‘हामी नागरिक विमानबाट आफ्ना नागरिकको ढुवानी स्वीकार गर्नेछौँ। उनीहरुलाई अपराधी जस्तै व्यवहार गर्नुहुँदैन । प्रवासीहरूलाई ुसम्मान र मर्यादाुका साथ फिर्ता पठाउनुपर्छ।’
एजेन्सी