
सुनाखरी न्युज/ काठमाडौं ।
अखिल क्रान्तिकारीको मत गणनामा विवाद भएपछि रोकिएको छ । शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान भएको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेका छन् । निर्वाचनका लागि रातो साइनपेन राखिएको थियो । तर कालोले पनि मतदान गरेको पाइएपछि विवाद भएको हो । अध्यक्षका उम्मेदवार विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने भने पनि उपदेश यादव पक्षले असहमति जनाएको छ ।
खासमा अध्यक्षका उम्मेदवारमा मध्य एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ। अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन्।त्यसैले गर्दा राति अबेरदेखि मतगणना नभएको हो । विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेश प्रदेशमा क्रमशः २६४, २५८ र १९५ मत खसेको छ । मधेश प्रदेशमा आधा मत मतगणना भइसक्दा यादवको पक्षमा सर्वाधिक ३० मत परेको छ। यसैगरी अर्का प्रत्यासी विजयप्रकाश सापकोटाले ४१, हेमन्त राईले ४० र सुदिन पौडेलले १ मत पाएका छन् ।
अहिलेसम्मको समग्र मतपरिणाम हेर्दा विजय र हेमन्तबीच प्रतिस्पर्धा भइरहेको छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् । विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् । उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।