
सुनाखरी न्युज/ कास्की ।
बिश्वकर्मा समाज पर्वत स्याङ्जा कास्की ले समाजमा आवद्ध दिदिबहिनी युवा भाईहरुलाइल मादल बजाउने प्रशिक्षणको शुरु गरेको छ। समाजका अध्यक्ष चन्द्र किशोर गौतमको अध्यक्षतामा सुनचाँदी ब्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र बिश्वकर्माको प्रमुख आतिथ्यतामा बिश्वकर्मा मन्दिरको सभाहलमा प्रमुख अतिथि भबिन्द्र बिश्वकर्माले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।
त्यसक्रममा प्रमुख अतिथि बिश्वकर्माले समाज स्थापनाको छोटो समयमा विभिन्न कार्यक्रम गरि समाजमा आबद्ध समुदायलाई सहयोग पुर्याउनु भएको हामीले महसुस गरेका छौं।यो छुट्टै प्रकारको तालिम दिन लाग्नुभएको छ।
यसबाट दिदीबहिनी दाजुभाइले सिकाईबाट आफ्नो कलामा निखार ल्याई समाजमा योगदान दिनुहनेछ भन्ने बिस्वास छ।समाजले राम्रा कार्यक्रम ल्याईरकेको छ हामीले पनि यहाँको कार्यक्रमलाई सक्दो सहयोग गर्नेछौं भन्नुभयो ।
बिशिस्ट अतिथि महाशिला छ का निवर्तमान वडा अध्यक्ष रामबहादुर सुनारले तालिममा सिकेको कुरा ब्यवहारमा उतार्नु पर्ने र समाजले अरु आम्दानी बढाउने तालिम पनि दिनुपर्ने बताउनुभयो । तालिमले रोजगारी सृजना गर्ने उहाँको भनाई छ ।