
सुनाखरी न्युज/ काठमाडौं ।
स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ।उनको १९औैं पुण्यतिथिमा सम्झनामा तारा देवीू नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम जमल स्थित राष्ट्रिय नाच घरमा ूसम्झनामा तारा देवीू नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम स् समारोह आयोजना गरेको हो। समारोहमा वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्र सहित स्वर किन्र्री स्मृति सम्मान २०८१ू बाट सम्मानित गरेको छ। कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका(गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए।
कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत सुनगाभा जस्तो जिवनु गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए साथै गायिकाहरु ममता गुरुङले रिमझिम रिमझिमु, गायिका प्राशन्ना शाक्यले ुयो दाग पिरतीको, गायिका बबिना भट्टराईले तिमि तिरमा उभी देउु, वरिष्ठ गायिका शर्मीला वर्देवाले आमा भएर बोकी हेरु गायिका जुनु गौतमले फूलै फूलको मौसम तिमीलाईु गायिका अन्जुली हमालले तिमिले दिएका गायिका रिता के सीले उकाली ओरालीहरुमा गायिका सुधा शेर्पाले नौ सय खोला तरेरु साथै गायिका सरस्वती मानन्धरले शुभकामनाु गाएर वाहवाही पाएका थिए। विभिन्न गायक गायिकाको समूहले उसको ममता मेरो गाएको कार्यक्रममा आस्था कला केन्द्रका कलाकारहरुले फूलको थुङगा बहेर गयो गीतु मा कन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए।
युगल गीतहरु प्रितम गुरुङ तथा अनामिका सिंहले अँध्यारोंमा एउटा बत्ती, राम विर मानन्धर तथा त्रितिया गुरुङले ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो, रुपक चौधरी तथा झुमा निरौलाले ुफूलै फूलको मौसमु तथा सन्जिव आले मगर तथा अन्जुली हमालले आज योवनलाईु साथै राजेन्द्र श्रेष्ठ तथा गीता पाण्डेले घाममा पनि माया बेजोड प्रस्तुत गरेका थिए। फाउण्डेशनका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव शोभन सायजू कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रमेश थापा कार्यक्रम व्यवस्थापक गर्नुभएको थियो। २००२ साल माघ २ गते जन्मिएका स्वर किन्नरी तारा देवीको माघ ८ गते निधन भएको थियो। उनका अधिकांश आधुनिक गीत लोकप्रिय छन्।