
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पूर्वाधार प्रवर्द्धन गर्न ठूलो मात्रामा लगानी गर्ने घोषणा गरेका छन्।
बीबीसीका अनुसार ट्रम्पले अमेरिकामा एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताएका छन् । यसबाट एक लाख नयाँ रोजगारी सिर्जना हुने उनको विश्वास छ।
ट्रम्पले सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्याकलका अध्यक्ष ल्यारी एलिसनसँगै ह्वाइट हाउसमा स्टारगेट परियोजना उद्घाटन गरेका हुन् ।
ट्रम्पले यसका लागि पूर्वराष्ट्रपति जो बाइडेनले जारी गरेको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याई दिएका छन् ।