२०८२ फाल्गुन २६ , मंगलबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

bun fire

सुनाखरी न्युज/ काठमाडौं ।

सुनसरी, ईटहरी उपमहानगरपालिका(१७ बस्ने ४२ वर्षीय महमद मुक्तर आलमले आफ्नै घरमा चार्जमा राखेको प्रदेश ०१(०२(००३ ह ८७०७ नम्बरको सिटी सफारीमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा सफारीको ब्याट्री २ थान, चार्जर कन्ट्रोलर र अगाडिको भाग पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका(९ डुमरिया बजारस्थित आशिष किराना पसलमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा काठको र्‍याक, खाद्यान्न लगायतका सरसामन जलेर करिब ३ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।