२०८२ फाल्गुन २७ , बुधवार

तरकारीमा विषादीको मात्रा धेरै, रायोको सागमा भेटियो ९९.३८ प्रतिशत

tarkari

सुनाखरी न्युज/ काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार सोमबार गरिएको विषादी अवशेष रिपोर्टमा रायोको सागमा विषादीको मात्रा अत्यधिक प्रयोग भएको पाइएको छ।

विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम अन्तर्गत दिनहुँ नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक रहेको पाइएको हो । प्रयोगशाला इकाईले कुँवरको पसलबाट संकलित नमूना रायो सागुको विषादी परीक्षण गर्दा अर्गानोफस्फेट नामक विषादीको रुकावट प्रतिशत ८६।४८ पाइएको थियो । अर्गानोफस्फेट ३५ प्रतिशतसम्म हुँदा मात्र उपभोग योग्य हुन्छ । भागका निर्देशक मोहनकृष्ण महर्जनले मोबाइल भ्यानको परिचालन गरी पहिलो पटक कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण गरिएको बताए ।

परीक्षणका क्रममा विषादीको मात्रा न्यूनतम दुईदेखि अधिकतम २७ प्रतिशतसम्म पाइएको विभागले जनाएको छ । विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत मात्रा भएकालाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा अस्वीकृत गरी नष्ट गरिने प्रावधान छ ।