२०८३ बैशाख २९ , मंगलबार

विराट एक्स्पो २०२५ को समुद्घाटन कार्यक्रम सम्बन्धी उद्योग संगठन मोरङको

Capture

सुनाखरी न्युज/ विराटनगर।

उद्योग संगठन मोरङद्धारा आयोजित विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्टको समुद्घाटन सम्माननीय प्रधानमन्त्री के.पि शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा आगामी माघ १२ गते शनिवार दिनको १ बजे प्रदर्शनी स्थलमा गर्ने गरि निर्धारण गरिएको छ । संगठनले यस पटकको आठौ संस्करणको विराट एक्स्पो आगामी माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना गर्ने तथा कार्यक्रमको समुद्घाटन कार्यक्रम माघ ११ गते २ वजेका लागि निर्धारण गरिएकोमा एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा आयोजना गर्ने तयारीका लागी केहि प्र्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन कार्यक्रमलाई एक दिन पछि सार्नु परेको सम्बन्धीत सबैमा जानकारीका लागि अनुरोध गर्दछौ । युवा उद्यमशिलता प्रवर्धनमा फोकस यसपटकको एक्स्पोमा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिएको छ ।

उद्यम तथा व्यवसायका लागी संगठनको सेन्टर फर एक्सेलेन्स, रोजगारका लागी रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधिको शोकेश, प्रत्यक्ष प्राविधिक तालिम तथा करिअर काउन्सेलिङ, आर्यडियालाई उद्यमशिलतामा रुपान्तरण गर्न स्टार्टअप हाकाथन, दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेशनलाई झल्काउने थिमेटिक फेशन शो, दैनिक विद्यार्थीहरुका लागी उद्यमशिलता माईन्डसेट सम्बन्धी प्रशिक्षण कार्यशाला, कफि सम्बन्धी लाटेआर्ट प्रतिष्पर्धा, कफि टेष्टिङ, दैनिक साँस्कृतिक कार्यक्रम लगायतका फरक फरक प्रकृतिका कार्यक्रम मार्फत सबै वर्गलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएकाले आम सर्वसाधारण, सरोकारवाला सबैलाई एकपटक अवलोकन गरिदिनुहुन यसैसाथ अपिल गर्दछौ । समुद्घाटन पश्चात माघ २० गतेसम्मका निर्धारित अन्य सबै कार्यक्रमहरु यथावतरुपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराउँदै विराट एक्स्पो २०२५ का मूख्य प्रायोजक, प्रायोजक, पार्टनर प्रवर्धक, योगदानकर्ता, एक्जिविटर्स, अवलोकनकर्ता, सहयोगीहरुमा यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रकट गर्दै विराट एक्स्पो २०२५ लाई भब्यताका साथ सम्पन्न गर्न यहाहरुको सदा झै निरन्तर साथ र सहयोगको पूर्ण अपेक्षा गर्दछौ ।