२०८२ फाल्गुन २६ , मंगलबार

आहाराको खोजीमा जंगली हात्ती दिउँसै गाउँ पस्न थाले

hathi

सुनाखरी न्युज/ काठमाडौं ।

हात्ती शाहकारी जनावार हो। जंगली हात्ती बिहान र साँझपख चर्ने गर्छन्। दिउँसो घाम लाग्ने समयमा प्रायः शीतल छायामा बसी खेलेर समय बिताउँछन्। यिनीहरूले विभिन्न प्रकारका रूखका हाँगा, बोक्रा, घाँस, बाँस, केरा र लहारा खाने गर्छन्। वयस्क हात्तीलाई दैनिक १५० किलोग्राम घाँस र ८० देखि १०० लिटर पिउने पानीको आवश्यकता पर्छ। आहारा र पानीको खोजी गर्दै पनि जंगली हात्ती गाउँ बस्ती आउने गरेका छन्। पछिल्लो पटक बुधबार ( २८ कात्तिक)  पिहान ९ वजेतिर भद्रपुर नगरपालिका–९ को मिलचोक बस्ती आसपास रहेको धान खेतमा दुई वटा हात्ती निस्किएर निर्वाध चरिरहेको दृष्यले स्थानीयमा समेत आश्चर्य र त्रास फैलन गयो । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन कुदिरहेको दृष्य कैद गरेका फोटो पत्रकार दिपेन्द्र कटुपालका अनुसार पहिलो पटक धान खेतमा हात्ती दिउँसै चर्न आएको दृष्य देखिएको हो ।

हात्तीका कारण त्यहाँ मानवीय क्षति नभए पनि स्थानीयको पाकेको धानबालीमा क्षति पुगेको छ । वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना थिएन । तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मानेका छन् ।भारतबाट नेपाल प्रवेश गर्ने, जंगली हात्तीको मुख्य सिजन भनेको, धान र मकै पाक्ने समय हो । सिजन नभए पनि यो वर्ष हात्तीको हुल मेची नदी पार गर्दै नेपाल प्रवेश गरेको छ । हात्ती प्रायस् झापामा विचरण गरी एकै दिन या बढीमा एक सातामा फर्कने गर्थ्यो । तर यसपालि हात्तीको ठूलो हुल सुनसरी र मोरङसम्म पुगेको छ । फर्कने छाँटकाँट छैन । अन्नबालीलगायत खानेकुरामा विविधता भएकाले हात्ती लामो समय बस्न थालेको पूर्वक्षेत्र उज्यालो नेपाल बर्दियाका इन्चार्ज शंकर लुइँटेलको अनुभव छ । पछिल्लो समय सौराह लगायतका क्षेत्रमा सबैभन्दा बढी आंतक फैलाउने काम मकुनाले नै गरिरहेको छ। प्रत्येक रात सौैराह क्षेत्रमा प्रवेश गरेर मकुनाले त्रास फैलाइरहेको छ। पोथी हात्ती भएको क्षेत्रमा प्रत्येक रात जसो मकुना आउने गरेको छ।

अन्य भाले हात्ती पोथी हात्तीमा आकर्षित भए पनि मकुना बजार र बस्तीमा बढी हिँड्डुल गर्छ। गत वर्ष मंसिरमा चितवन राष्ट्रिय निकुञ्जमा पहिलोपल्ट यो देखा परेको थियो। भाले हात्तीको दाह्रा हुन्छ। तर, मकुना भाले भए पनि दाह्रा छैन। दाह्रा नभएको भाले हात्तीलाई मकुना भनिन्छ। सन् २०२२ को मार्च २४ मा झापा बाहुनडाँगीबाट पश्चिम लाग्ने क्रममा समूहबाट यो छुटेको संरक्षणकर्मीको भनाइ छ। त्यसबेला योसहित पाँचवटा भाले हात्तीको सूमह पश्चिम लागेको थियो।

प्रत्येक रात सौराहामा भागदौड हुने गरेको छ। मकुनाले होटल भिस्टा चितवनको पर्खाल नै भत्काइदिएको छ। धेरै किसानको तोरी, आलु लगायतको बालीनाली नष्ट गरिदिएको छ। हालै चितवनमा भएको हात्ती महोत्सवमा पनि मकुनाको प्रवेशले महोत्सव नै प्रभावित भएको थियो। अहिलेसम्म मानवीय क्षति नगरे पनि पछिल्लो समयमा सबैभन्दा ठूलो आंतक भने मकुनाकै छ। नेपालमा कुल २२७ देखि २५० जंगली हात्ती छन्। नेपालमा २२७ जंगली हात्तीको रेकर्ड गरिएको हात्तीविज्ञ एवं बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। अशोककुमार रामले जानकारी दिए। उनका अनुसार भारतको पश्चिम बंगाल लगायतका क्षेत्रबाट १०० देखि १५० जंगली हात्ती नेपालमा आउने गरेका छन्। झापाको बाहुनडाँगी क्षेत्रमा बर्सेनि भारतबाट जंगली हात्ती आएर उपद्रो मच्चाउने गरेका छन्। जंगली हात्ती पूर्वी तराईमा आउने र केही महिना त्यहीँ बसेर भारत फर्किने गरेका छन्। भारतको कतरनियाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा, पिलिभित दुधुवाबाट शुल्काफाँटा राष्ट्रिय निकुञ्जमा र नन्दौर वन्यजन्तु आरक्षबाट शुल्काफाँटाबाट भारतीय हात्ती आउने गरेका छन्। नेपालमा करिब ४०० जंगली हात्तीका लागि बासस्थान उपलब्ध रहेको हात्ती विज्ञ डा। राम बताउँछन्।