
अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका छन् । बीबीसीका अनुसार उक्त आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘ओहो, यो ठूलो निर्णय हो।’ अन्य देशका तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको दाबी छ।
उनीहरू हामीलाई फर्काउन चाहन्छन्, त्यसैले के हुन्छ हेरौँ’, ट्रम्पले डब्ल्यूएचओलाई संकेत गर्दै भने। अन्य देशका तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको दाबी छ। ट्रम्पले डब्ल्यूएचओमा अमेरिका फर्कियोस् भन्ने चाहेकोले यसबारेमा पछि फेरि सोच्न सकिने उल्लेख गरे।