२०८२ चैत्र २ , सोमवार

एमालेको सचिवालय बैठक आज अपराह्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै

Uml-sachiwalaya-baithak

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ । बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ ।

 

यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन् ।