
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने संकेत गरेका छन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन्।सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले लेखेका छन् , सबैजनालाई यो सबै कुराको लागि धन्यवाद ।
यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनुपरेको थियो। तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्केका हुन्।
