
सुनाखरी न्युज/ काठमाडौं ।
Navigating Risks, Ensuring Confidence भन्ने नाराका साथ इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रा.लि.ले कम्पनी दर्ता भएको छोटो समयमै दुई दिने मरिन इन्स्योरेन्स कार्यशाला मिति २०८१/११/०२ देखि २०८१/१/३ सम्म होटेल रोयल सिङ्गी, दरबारमार्गमा सम्पन्न गरेको छ । कार्यशालामा १४ वटा निर्जीवन इन्स्योरेन्स मध्ये १२ इन्स्योरेन्स कम्पनी, २ रिइन्स्योरेन्स, इन्स्योरेन्स ब्रोकर कम्पनीहरु र सर्भेयरहरु प्रतिनिधित्व गर्दै विभिन्न विभागमा काम गर्ने कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम संस्थाकै पहिलो कार्यक्रम भएपनी भव्यसाथ सम्पन्न भएको थियो ।कार्यक्रममा मूख्य अतिथीको रुपमा चंकी क्षेत्री, नेपाल बीमक संधका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमूख उपस्थित हुनुभएको थियो । त्यस्तै विशेष अतिथीको रुपमा प्रा. डा. फत्त बहादुर के.सी. राजुरमण पौडेलको उपस्थिती थियो ।
प्रा. डा. फत्त बहादुर के.सी.नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष हुन् भने राजुरमण पौडेल नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी प्रमूख हुन् । मूख्य अतिथी चंकी क्षेत्री र आयोजक संस्थाका म्यानेजीङ डाइरेक्टर अन्जन ढकालले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरुवात गर्नुभएको थियो ।कार्यक्रममा प्रशिक्षकको रुपमा भारतबाट समिरन लाहिरी पाल्नुभएको थियो । समिरन लाहिरी, जोन. एन. यु. बाट अर्थशास्त्रमा स्नातकोत्तर M.A.र AIII उपाधिधारी, हाल भारतको Preferred Partners Insurance Brokers का कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँ विश्वकै ठूलो ब्रोकरिङ नेटवर्क UNISON STEADFASTÆ (जर्मनी मुख्यालय) का सदस्य हुनुहुन्छ ।
उहाँले भारत, मौरिसस, र नेपालमा करिब चार दशकसम्म बीमा उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । उहाँ भारत र नेपालका ठूला व्यवसायिक संस्थाहरूलाई परामर्शदाताका रुपमा नि काम गरिरहनु भएको छ ।दुई दिने कार्यक्रममा सहभागीहरुले मरिन इन्स्योरेन्सका नीतिहरु, अभ्यास र अन्र्तराष्ट्रिय मापदण्डहरुलाई गहन रुपमा छलफल गरिएको थियो । साथै यस क्षेत्रमा देखिएका चुनौतीहरु र अवसरहरुको समिक्षा, मरिन इन्स्योरेन्सको आवश्यकता र जोखिम व्यवस्थापनको बारेमा पनि छलफल भएको थियो ।कार्यक्रम इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रा. लि. को कार्यकारी अध्यक्ष कुमार बहादुर खत्रीको अध्यक्षतामा भव्यसाथ सम्पन्न भएको हो । उँहाले मरिन इन्स्योरेन्सको महत्व र आवश्यकताबारे प्रकाश पार्दै आफुले सिकेको ज्ञानलाई बीमा क्षेत्रमा लागु गरेर नेपाली बीमा बजारलाई विश्वासीलो बनाउन सम्पूर्ण तालिम लिएका कर्मचारीहरुलाई अनुरोध गर्नूभएको हो ।