२०८३ बैशाख १२ , शनिवार

मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

धार्मिक, संस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को स्थापना भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता पूर्णप्रसाद मिश्रको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन समेत भएको समितिका सदस्य दीपक घिमिरेले जानकारी दिनुभयो ।समितिको उपाध्यक्षमा द राइजिङ नेपालका बिनु श्रेष्ठ र महासचिवमा रेडियो नेपालका अच्युत अर्याल चयन हुनुभएको छ । सचिवमा अलायन्स खबरका किशोरप्रसाद ढुङ्गेल, कोषध्यक्षमा गोरखापत्र दैनिकका सुकृत नेपाल हुनुहुन्छ ।

त्यस्तै, सदस्यहरुमा एक्ट प्रो नेपाल अनलाइनका दीपक घिमिरे, विमर्श साप्ताहिकका जयराम सापकोटा, रिभोसाइन्सका लक्ष्मण डङ्गोल, राजधानी दैनिकका कुमार राउत, कान्तिपुर एफएमका अच्युत सुवेदी, शक्ति अनलाइनका अस्मिता दाहाल, दक्ष खबरका सुजन तिमल्सिना र राससका गोपाल दाहाल रहनुभएको छ ।धर्म, संस्कृतिक, अध्यात्म, इतिहास, साहित्य, भाषा चलचित्रलगायत नेपालको मौलिकता झल्काउने विषयमा समाचार सङ्कलन गर्ने क्रियाशील पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेर स्थापित गत पुस २९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संस्था दर्ता भएको अध्यक्ष पूर्णप्रसाद मिश्रले जानकारी दिनुभयो ।

समाजले धर्म, संस्कृति, अध्यात्म, इतिहास, पुरातत्व, साहित्य, भाषा, चलचित्रलगायत क्षेत्रका बारेमा समाचार सङ्कलन एवं सम्पादन गर्ने पत्रकारलाई समेटी उनीहरूका लागि ज्ञान, क्षमता, सीप, अभिवृद्धि गरी धार्मिक, सांस्कृतिक पत्रकारको हकहितमा काम गर्ने जनाइएको छ । रासस