२०८२ फाल्गुन २४ , आइतवार

फिल्म ‘होस्टेल ३’को ‘टिक टिक टिक’ गीत सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी फागुन २३ गते रिलिज हुने फिल्म ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार पारस बम, रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ सिम्रन पन्त, हेना नगरकोटीलगायत नै देखिएका छन् ।

गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । गीतमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन् । गीतले कलेज जीवनका उतारचढावलाई संगीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबिचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरेको छ ।

गीतमा प्रवीण सिंहको कोरियोग्राफी छ । ‘होस्टेल ३’ हिट फिल्म ‘होस्टेल’को तेस्रो संस्करण हो ।