२०८२ फाल्गुन २८ , बिहिवार

म्यान्माको खानी भत्किँदा ३२ जनाको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानी भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जनाकारी गराएको थियो ।

स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।”उनले भने, “तीन दिनको खोजी प्रयासपछि ३१ जनाको मृत शरीर खानीबाट निकालिएको छ र दुर्घटनाको पहिलो दिन घाइते अवस्थामा उद्धार गरिएका एक जनाको अस्पतालमा मृत्यु भएको थियो।”

केही व्यक्ति अझै बेपत्ता रहेका तर उनीहरूका जीवित उद्धार हुने आशा हराएको स्थानीय अधिकारीलाई उद्धृत गरी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  रासस/सिन्ह्वा