
सुनाखरी न्युज/ काठमाडौं ।
माघे सङ्क्रान्तिको अवसर पारेर फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको प्रस्तुति रहेको फिल्मको फष्टलुक्स पोष्टरमा ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।
पोस्टरमा दुई जना कलाकार देखिएका छन् । एक जना राजर्षि पहिरनमा रहेको देखिन्छन् भने अर्का व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ । फिल्ममा दुवै पात्र पल शाहले निभाएका छन् ।
फिल्म दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।