२०८२ फाल्गुन २६ , मंगलबार

गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा आज मिति २०८१ पौष २९ गते शुक्रबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको छ ।उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ ।त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुदिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल रदिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ ।

साधारणसभा पश्चात लगतै बसेको संचालकहरुको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।