२०८२ फाल्गुन २४ , आइतवार

दयाहाङ र आँचल अभिनित ‘दुखी आत्मा’को टिजर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाहीको शीर्ष भूमिका रहेको फिल्म ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । ३ मिनेट १४ सेकेण्डको टिजरले कथावस्तुबारे दर्शाएको छ ।

जन्मटिजरमा अनुपविक्रम र शिशिर बाङदेल लगायतका सहायक कलाकार पनि छन् । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनकै पटकथा लेखन छ । ‘नाङ्गो गाउँ’ निर्माता कम्पनी क्लक क्रिएसन्स र हिमाल कडरियाले फिल्म निर्माण गरेका हुन् ।

यो फिल्म भ्यालेन्टाइन्स डे अवसरमा २ फागुन (१४ फेब्रुअरी’मा प्रदर्शन तयारीमा छ । टिजरको शैली र कथ्यको हिसाबले यो फिल्मले दर्शकमा प्रणय दिवसको मुड सिर्जना गर्ने अपेक्षा गरिएको छ ।