
सुनाखरी न्युज/ काठमाडौँ ।
नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०८१/०९/१९ गते काठमाण्डौमा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको कम्पनीले जनाएको छ।
संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएको छ ।
साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेज्यूलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।