
सुनाखरी न्युज/ काठमाडौं ।
बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो ।
अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे ।१३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो ।
सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् ।