
सुनाखरी न्युज/ काठमाडौं।
विश्वचर्चित अमेरिकी पपस्टार तथा अभिनेत्री सेलेना गोमेजले प्रेमी बेनी ब्लान्कोसँग इन्गेजमेन्ट गरेकी छन् । नेपाली समयानुसार बिहीबार बिहान इन्स्टाग्राममार्फत सेलेनाले फ्यानलाई यस्तो जानकारी दिएकी हुन् ।
उनले इन्गेजमेन्ट रिङको फोटो पनि सेयर गरेकी छन् । तस्वीर सेयर गर्दै सेलेनाले लेखेकी छिन्, ‘अब सधैंको लागि सुरु हुँदैछ ।’ गोमेज र ब्लान्कोले डिसेम्बर २०२३ मा सम्बन्धलाई सार्वजनिक गरेका थिए ।
सम्बन्धलाई औपचारिकता दिनुअघि उनीहरु ६ महिना सँगै रहे । त्यसबेलादेखि यो जोडीले सामाजिक सञ्जालमा स्नेहपूर्ण क्षणलाई सेयर गर्दै आइरहेको छ ।