२०८२ फाल्गुन २५ , सोमवार

कमेडियन हिक्मत महराको सडक दुर्घटनामा निधन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका कमेडियन हिक्मत महराको सडक दुर्घटनामा निधन भएको छ ।मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा उनले हाँकिरहेको  मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।

गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘कमेडी च्याम्पियन’को दोस्रो सिजनबाट निकै चर्चामा आएका ३० वर्षीय महरा शुक्लाफाँटा नगरापालिका–११ कलुवापुर बनसाहका बासिन्दा थिए ।