
सुनाखरी न्युज/ काठमाडौं ।
गत जेठयता श्रमिक लैजान बन्द गरेको मलेसियाले विशेष कोटामा नेपालबाट श्रमिक लैजाने भएको छ । मलेसियन सरकारले प्लान्टेसनसहितका केही क्षेत्रमा कोटा तोकेर श्रमिक लिने नीति बनाएपछि नेपालमा पनि कोटाका आधारित माग आउन थालेको हो ।
मलेसियास्थित दूतावासले यसैसाता मलेसियाबाट व्यवसायीले ल्याएको १ हजार ७८० श्रमिकको मागपत्र प्रमाणीकरण गरेको वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
अब केही दिनपछि मागपत्रअनुसार म्यानपावर कम्पनीहरूले पूर्वश्रम स्वीकृति लिएर विज्ञापनहरू प्रकाशन गर्नेछन् ।मलेसियाले आफ्नो वृक्षारोपण तथा कमोडिटी मन्त्रालय अन्तरगतको ‘प्लान्टेसन’ क्षेत्रमा श्रमिक लिन लागेको हो । मलेसियामा यो क्षत्रेमा करिब ४० हजार श्रमिकको माग रहेको अनुमान छ । एजेन्सी