
सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा हलिउड फिल्म र वेब सिरिजमा व्यस्त छिन्। उनी सन् २०१९ मा बलिउड फिल्म ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन्।
त्यतिबेला देखि उनी हलिउड प्रोजेक्टसमै व्यस्त छिन्। उनको एक बलिउड फिल्म ‘जि ले जरा’ लामो समयदेखि रोकिएको छ। यसमा कटरीना कैफ र आलिया भट्ट पनि हुनेछन्।
प्रियंकाले भारतीय सञ्चारमाध्यम एचटी सिटीसँग कुराकानी गर्दै २०२५ मा बलिउडमा कमब्याक गर्ने बताएकी छन्।अब उनी फिल्म ‘हेड्स अफ स्टेट’ र ‘द ब्लफ’ मा देखिनेछिन्। त्यस्तै उनी वेब सिरिज ‘सिटाडेल २’ मा देखिनेछिन्।