२०८२ फाल्गुन २५ , सोमवार

फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन मिति घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन मिति घोषणा गरिएको छ।फिल्म माघ ११ गतेदेखि प्रदर्शनमा आउने भएको हो।

बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।तीन दशकअघिको चर्चित डकु–ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनले ‘मिसिङः केटी हराएको सूचना’ को लेखन तथा निर्देशन गरेका हुन्।

फिल्ममा सामाजिक सञ्जालमा भेटिएको युवायुवतीको कथा देखाइएको छ।