२०८३ कार्तिक ९ , आइतवार

सर्वोच्चको बोर्डमा छ्यापेकी महिला प्रहरी नियन्त्रणमा

Capture

सुनखरी न्युज/ काठमाडौं।

सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार सर्वोच्‍च अदालतको बोर्डमा एक महिलाले सर्वोच्च अदालत अघि बोर्डमा कालो रंग छ्यापेकी हुन्।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकी महिला बिनु यादव हुन्।यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् ।