२०८२ फाल्गुन २४ , आइतवार

सेयर बजार २६९२ अंकमा पुग्यो, छ अर्ब १२ करोड कारोबार

share

सुनाखरी न्युज/ काठमाडौं।

दुई दिनमा नेप्से परिसूचक ७४.१ अंकले बढेको छ। मंगलबार नेप्से ४६.६९ अंकले बजार बढेर २६९२.०५ विन्दुमा पुगेको हो।

नेप्सेले अहिले पनि २७ सयको विन्दुमा प्रतिरोध परीक्षण नै गरिरहेको देखिन्छ।मंगलबार कारोबार अवधिमा समेत नेप्से २६९२.११ विन्दुसम्म पुगेको थियो।

यसदिन तीन सय १९ स्क्रिप्स कारोबारमा आउँदा दुई सय ५८ वटाको सेयर मूल्य बढेको छ। ३५ वटाको मूल्य घटेर कारोबार भएको छ भने बाँकीको स्थिर छ।कारोबार रकममा पनि सुधार भएको छ।

सोमबार पाँच अर्ब ३४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार छ अर्ब १२ करोड रूपैयाँको सेयर किनबेच भएको छ।