२०८३ जेठ ३ , आइतवार

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलको निःशुल्क लगानी व्यवस्थापन सेवा

Capture

सुनाखरी न्युज/ काठमाडौं।

गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ ।

देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा लगानी गर्ने ? कसरी शेयर कारोबार गर्ने ? भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “सित्तैमा लगानी व्यवस्थापन सेवा योजना” संचालनमा ल्याएको  जानकारी गराए ।

यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफल बाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसंगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको बताए ।यो योजना अन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकम रु ३ लाख (नगद वा शेयर वा दुबै) बाट लगानी गर्न सकिन्छ भने वार्षिक व्यवस्थापन शुल्क का साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्ने “सित्तैमा” गज्जवको योजना बजारमा ल्याएको छ ।

क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशत सम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको  कम्पनीले जनाएको छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्पmत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सकिन्छ । साथै Whatsapp/Viber/Social Mediaबाट समेत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सकिने छ ।