२०८३ जेठ ३ , आइतवार

सुरक्षित र नैतिक प्रजनन उपचारमा अग्रसरताका लागि इन्दिरा आईभीएफ नेपालले पायो क्युएआइको मान्यता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (ART)सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (QAI)बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ। यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाहरूप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने कम्पनीले जनाएको छ ।अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ, नेपालको समर्पणको प्रमाण स्वरूप QAI प्रमाणीकरण प्राप्त भएको हो।

यसबाहेक यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्छ। बिरामीहरूको लागि यो मान्यता सुरक्षित, भरपर्दो र उन्नत प्रजनन उपचारको ग्यारेन्टी हो भने यसले इन्दिरा आईभीएफ नेपालमा उच्चस्तरको स्वास्थ्य सेवा प्राप्त हुन्छ भन्ने समेत सुनिश्चित गर्दछ।

यस उपलब्धिका बारेमा टिप्पणी गर्दै इन्दिरा आईभीएफ नेपालकि केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा होमागाईँले भने , “इन्दिरा आईभीएफ नेपालमा हामीले सधैं निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौं। हाम्रो ढोकाबाट प्रवेश गर्ने हरेक बिरामीले आफ्नो विशिष्ट आवश्यकता अनुरूप टप(नच केयरको अपेक्षा गर्न सक्छन्। बढ्दो जवाफदेहिता र विकसित नीतिहरूसँगै नेपालमा प्रजनन उपचारमा महत्त्वपूर्ण परिवर्तनहरू भइरहेका छन्। QAIको कठोर मापदण्डहरू पूरा गर्ने हाम्रो प्रयासले हामीलाई हाम्रा बिरामीहरूलाई इथिकल र पेसेन्ट-फर्स्ट शैलीमा उपचार गर्न सक्नेगरी सशक्त बनाएको छ।”

क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युट (QAI) का प्रमुख कार्यकारी अधिकृत डा.बीके राणाले भने, “भारतको प्रख्यात र सबैभन्दा ठूलो आईभीएफ हस्पिटल चेन इन्दिरा आईभीएफले भर्खरै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ र अहिले यो नयाँ केन्द्र नेपालकै पहिलो IVF/ARTकेन्द्र भएको छ। QAIद्वारा प्राप्त यस मान्यताले उत्कृष्ट प्रजनन उपचारको लागि आफ्नो प्रतिबद्धता स्थापित गर्न अग्रसर इन्दिरा आईभीएफको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हो। हामीलाई साइटमा पुगेर मूल्याङ्कन गर्ने क्रममा वहाँहरूले पुर्याउनु भएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं। सकारात्मक मनोवृत्तिका साथ खुला रूपमा आफ्ना अनुभवहरू साट्दै बिरामीहरूको आवश्यकता बुझ्ने र तदनुरूप सहायता गर्ने QAIमान्यता प्राप्त इन्दिरा आईभीएफ नेपाललाई हामी वहाँहरूको समर्पण, जोश र विशेषज्ञताको विशेष कदर र प्रशंसा गर्दछौं।

क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (QAI)को एआरटी केन्द्र अक्रिडिटेसन कार्यक्रम एआरटी केन्द्रहरूका सेवाहरूमा गुणस्तर, सुरक्षा, विश्वसनीयता र पारदर्शिता ल्याउन विकसित गरिएको हो। यी मापदण्डहरू अद्वितीय र नेपालका साथै विश्वका धेरै भागहरूमा यस किसिमको पहिलो विशेषता मान्यताहरू हुन्। QAIमापदण्डहरू हेल्थ केयर एक्सटर्नल इभ्यालुएसन असोसियसन (ISQuaEEA)मा गुणस्तरको लागि अन्तर्राष्ट्रिय समाजका सिद्धान्तहरू प्रयोग गरी विकास गरिन्छ। अस्पताल वा क्लिनिकले आफ्ना बिरामीको अद्वितीय आवश्यकता र अपेक्षा अनुरूप अनुकूलित प्रक्रियाहरू स्थापना गरेको छ र सुधारका लागि निरन्तर निगरानी गरिने छ भन्ने सुनिश्चित गरेर यी मापदण्डहरूले सुविधा र बिरामीहरूलाई एउटा रूपरेखा र मापनयोग्य प्रणाली प्रदान गर्दछन्।

यसका साथै QAIमानकले उनीहरूको क्लिनिकल सेवाहरूलाई बलियो बनाउन डिजाइन गरिएका सीप र दक्षताहरू प्राप्त गर्न मात्र नभई संस्थाको कार्यसम्पादनमा पनि प्रभाव पार्ने अनौठो अवसरको साथ स्वास्थ्य सेवा सुविधाहरू प्रदान गर्छ।जनमानसमा बाँझोपन बारेको बढ्दो चेतनासँगै नेपालमा आईभीएफ क्षेत्र तीव्र गतिमा विकसित हुँदैछ। प्रजनन उपचार खोज्ने बिरामीहरूमा विश्वास र भरोसा जगाउने गरी आफ्ना अत्याधुनिक सुविधा र अनुभवी विशेषज्ञहरूको टोलीका साथ नयाँ बेन्चमार्कहरू सेट गर्दै इन्दिरा आईभीएफ नेपाल यस परिवर्तनको अग्रपंक्तिमा छ।