२०८३ बैशाख २७ , आइतवार

महामन्त्रीबाट हटाउने निर्णयविरूद्ध मुकुल ढकालले दिए पार्टीमा पुनरावेदन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णयविरूद्ध डा. मुकुल ढकालले पार्टीमा पुनरावेदन दिएका छन्।पार्टी हित, आचरण प्रतिकूल हुने गरी कार्य गरेको भन्दै ढकाललाई असार २५ गते निलम्बन गरिएको थियो।

साथै भदौ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई साधारण सदस्यबाट समेत बर्खास्त गरिसकेको छ।तथापि पार्टीले गरेको निर्णयअनुप र विधानको धारा ५७ अनुसार महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निर्णय पुनरवलोकन गर्न आफूले पुनरावेदन दिएको ढकालले बताएका छन्।

‘पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित केन्द्रीय समितिको बैठक बसी ममाथि कारबाही गर्दा सफाइ पेश गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराइ मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति असार २५ को कथित निर्णय त्रुटिपुर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाऊँ,’ उनले पुनरावेदनमा भनेका छन्।