
सुनाखरी न्युज/ काठमाडौं ।
मुक्तिनाथ कृषि कम्पनी लि. “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित नेपालमा विभिन्न व्यवसायिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको लगानीमा स्थापना भएको धितोपत्र बजारमा सुचिकृत अग्रणी कम्पनी हो ।
कम्पनीले कृषि श्रोत केन्द्र वा Agriculture Resource Center (ARC),कृषि प्रशोधन केन्द्र वा Agriculture Processing Center (APC),कृषि बजार केन्द्र वा Agriculture Market Center (AMC)र कृषि व्यवसाय परामर्श केन्द्र वा Agri Business Consultation Center (ABC)अवधारण मार्फत कृषि चक्रको निर्माणका लागि प्रयासहरु गरिरहेको बताए । त्यस्तै कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास, प्रविधि प्रसार तथा उत्पादनलाई खरीद सुनिश्चितता (Buyback Gurantee) र मुल्य अभिवृद्धि गर्दै बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको छ ।
कम्पनीको देशभरको उपस्थिती, बजार अनुसन्धान र कार्य अनुभवको आधारमा, कृषि तथा पशुपन्छि विकास मन्त्रालयको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्रि परिषद कार्यालय मातहत “एकिकृत कृषि विकास प्राधिकरण/निकाय/केन्द्र” को स्थापना गरी देहायबमोजिमका नीतिगत व्यवस्था गरेको अवस्थामा नेपाल सरकारले घोषणा गरेको “कृषिमा लगानी दशक” अनुरुप नीजि क्षेत्रको लगानी आकर्षित हुन सक्दछ भनि यसै पत्रसाथ सुझावहरु पत्रमार्फत पेश गरेका जनाएको छ। ।
१. सरकारले प्रदेश तथा क्षेत्र स्तरीय खरीद सुनिश्चितता गर्न सक्ने उद्योग संरचनाहरुको विकासमा लगानी गरी नीजि क्षेत्रलाई प्रतिश्पर्धात्मक रुपमा संचालन र व्यवस्थापनको लागि जिम्मेवारी दिने ।(उदाहरणको लागि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालीकाको लगानीमा बुटवल १० मा स्थापित आधुनिक पशुबधशाला)
२. बजार अनुसारको उत्पादन प्रणालीको विकास गर्न करार ऐनको निर्माण, बालि र स्थान अनुसारको उत्पादन क्यालेन्डरको विकास र खरीद सुनिश्चतताको व्यवस्था मार्फत सामुहिक तथा व्यवसायिक उत्पादनलाई प्रोत्साहित गर्ने ।
३. सार्वजनिक नीजि सहकारीको साझेदारीमा “एक स्थानिय संरचना (निकाय), एक कृषि परियोजना” को विकास गरी ग्रामिण क्षेत्रका स्थानिय पालिकाहरुलाई उत्पादन प्रवद्र्धन तथा प्रारम्भिक प्रशोधन र सहरी क्षेत्रका स्थानिय पालिकाहरुलाई भण्डारण तथा वितरणमा लाग्न नीतिगत व्यवस्था गर्ने ।
४. उद्यमशिलता केन्द्र (7M concept-Mind, Money, Materials, Manpower, Management, Marketing & Monitoring) को स्थापना मार्फत युवाहरुलाई कृषि उद्यममा आकर्षित गर्ने ।
५. “उत्पादनमा सहकारी, बजारीकरण प्रभावकारी” कार्यक्रम संचालन गर्नको लागि सहकारीमा आधारीत कृषि श्रोत केन्द्रहरुको विकास गर्ने । साथै, कृषि सहकारीहरुले मूल्य अभिवृद्धिमा काम गर्ने कम्पनीहरुमा लगानी गर्न मिल्ने व्यवस्था गर्ने ।
६. कृषिमा संस्थागत परामर्श केन्द्रहरुको स्थापना र संचालनको लागि नीतिगत व्यवस्था गर्ने ।
७. बजार संचालन तथा व्यवस्थापन ऐनको निर्माण गरि उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन “खाद्य साक्षरता” अभियानलाई राष्ट्रिय रुपमा संचालन गर्ने ।
८. जलवायु अनुकुल तथा उत्थानशिल प्रविधिहरुको विकास र प्रवद्र्धन तथा कार्वन फार्मिङलाई कार्वन व्यापारमा जोड्दै साना कृषकहरुको क्षमता अभिवृद्धि गर्ने ।
९. रासायनिक मलको दिगो व्यवस्थापनको लागि मध्यपूर्वी देशमा उत्पादनमा लगानी साझेदारी गर्ने वा ती देशहरुमा खाद्यान्न निर्यातको ग्यारेन्टि गरी परिपूर्ति गर्ने वा नीजि क्षेत्रका पब्लिक कम्पनी स्थापना गरि आयात, भण्डारण र वितरणको जिम्मा दिने । साथै, एकिकृत खाद्यतत्व व्यवस्थापनलाई अभियानको रुपमा संचालन गर्ने ।
१०. बीउ, नश्ल र दाना (सिड, ब्रिड र फिड) को अनुसन्धान, विकास र उत्पादनमा लगानी गर्ने विशिष्टकृत पब्लिक कम्पनीहरुको स्थापनाको लागि लाइसेन्स जारी गर्ने तथा स्थापना भइसकेका कम्पनीहरुको आवश्यक प्रवद्र्धन र नियमनको व्यवस्था गर्ने ।