२०८३ भदौ २१ , आइतवार

टाटा मोटर्सको श्रावणमै दशैं अफर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले श्रावणमै दशैं कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यही श्रावण २५ देखी २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

साथै श्रावणमै दशैं कार्यक्रममा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका बिद्युतिय गाडीहरु खरिद गरेर भरपुर फाईदा उठाउँनुहुन कम्पनीले अनुरोध गरेको छ ।