२०८३ जेठ ४ , सोमवार

शिक्षा मन्त्री भट्टराइ र अमेरिकी राजदूत डिन थम्पसन बीच भेटवार्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शिक्षा मन्त्री बिद्या भट्टराइ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्पसन बीच भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा नेपाल र अमेरिकाबीच शिक्षाको क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका बारेमा छलफल भएको थियो।

सो अवसरमा मन्त्री भट्टराइले नेपालको शिक्षा सहित विभिन्न क्षेत्रमा संयुक्त राज्य अमेरिकाले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे। मन्त्री भट्टराइले नेपाली शिक्षाको क्षेत्रमा अमेरिकी सरकारको प्रेरणादायी सहयोगले विकासको फड्को मार्न सहयोगी भूमिका रहने बताए।

राजदूत थम्पसनले नेपाल र अमेरिका बीचको दशकौ पुरानो सम्बन्धलाई थप मजबुत पार्दै विकासमा योगदान दिन तत्पर रहेको उल्लेख गर्नुभयो। राजदूत थम्पसनले दुई देशबीच सहकार्यका थप अवसर खोजिने बताएको छ ।