२०८२ फाल्गुन २६ , मंगलबार

बलिउड अभिनेता शाहरूख खानलाई मोतियाबिन्दु

Capture

सुनाखरी न्युज / काठमाडौं ।

बलिउड अभिनेता शाहरूख खानलाई मोतियाबिन्दु भएको छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए।

उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका थिए। तर सर्जरी सफल भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा छन्।

शाहरूखको दुवै आँखामा मोतियाबिन्दु छ। तर अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट कुनै औपचारिक पुष्टि भएको छैन।