
सुनाखरी न्युज / पोखरा ।
पोखरा २१ कृस्तीको रामदीमा भएको स्कुल बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
विद्यार्थी लिएर विरौटा आउदै गरेको एलपी देवकोटा मेमोरियल बोर्डिङ्ग स्कूलको ग१क ६२१९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा विद्यालयमा कार्यरत कार्यालय सहयोगी करिव ३२ बर्ष कि आरती विक र उनका ५ वर्षका छोरा प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान ८.५५ बजे बस दुर्घटनामा परेको थियो ।बस ओरालो तर्फ आउदा सडकबाट विजुलीको पोलमा ठोक्किएर करिव ४० मिटर तल सडकमा खसेको थियो।
घाइते २८ जना विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।बस चालक टेक बहादुर भुजेल सहित अधिकांशको अवस्था सामान्य छ। घाईते अधिकांश पोखरा २१ का हुन्।