
सुनाखरी न्युज/ काठमाडौं ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताएको छ ।आइतबार सिंहरदरबारस्थि मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताए।
मन्त्री चौधरीले भन्नुभयो, ‘हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्ने छौं । त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरि तालिम केन्द्र बनाउन सक्छौं ।’ उहाले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल समेत प्रतिवद्धता जनाए ।स्काउटको लालपुर्जा सहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको भन्दै मन्त्री चौधरीले यसको सही तथ्याङ्क निकाल्नसमेत निर्देशन दिए ।
‘हामीसँग १२ जिल्लामा लालपुर्जासहितको जग्गा छ । जसमा कहाँ के भइरहेको छ । यसको तथ्याङ्क हुनुपर्छ । सक्दो छिटो साउन महिनाभरीमा हामीले स्काउटको जग्गा कहाँ कसरी प्रयोग भइरहेको छ । त्यो थाहा पाउन सके त्यसको व्यवस्थापनमा हामी जानेछौं ।’ उनले भने ।
उहाँले स्काउटको जग्गा सदुपयोगका लागि प्रदेश तथा स्थानीय निकायसँग पहल गरी तालिम केन्द्र तथा स्काउट अफिसको स्थापनाका लागि पहल गर्ने समेत बताए।स्काउटको विस्तार र विद्यालयस्तरीय पहुँचको दायरा समेत फराकिलो बनाउनु पर्नेमा उहाको जोड थियो ।