२०८३ जेठ ५ , मंगलबार

एनसीएचएल र आइएमएस सफ्टवेयर बीच नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागी सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रा. लि.(IMS-आइएमएस)बीच आइएमएसको बिलिङ्ग सफ्टवेयरमा डाइनामिक नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानज्यू र आइएमएसका प्रबन्ध निर्देशक सन्तोश ताम्राकारले हस्ताक्षर गरे ।

यस साझेदारी पश्चात् आइएमएसका ग्राहकहरुले आफ्नो बिलिङ्ग सफ्टवेयरमा नेपालपे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्दछन् । यस सेवाको सुरुवात सँगै IMSक्का बिलिङ्ग सफ्टवेय रप्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्युआर मार्फत् सहज रुपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनुका साथै भुक्तानी कर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग,वालेट वा कनेक्टआइपिएस मार्फत भुक्तानी गर्न सक्नेछन् ।

आइएमएस सफ्टवेयर प्रा. लि.नेपालको एक अग्रणी सफ्टवेयर कम्पनीहो । आइएमएसले आफ्ना ग्राहकहरुका लागि बिलिङ्ग सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ । आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल,भारत,मलेसिया र जापान लगायतका देशहरुमा२०,००० भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।NEPALPAY QRनेशनल  पेमेन्ट स्वीच अन्तर्गत भुक्तानीलाई एपवामर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्नेनेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।

मर्चेन्ट र व्यवसायीहरुले NEPALPAY QRमा आबद्ध भई ग्राहकहरुबाट QR मार्फत भुक्तानीप्राप्त गर्नका लागिआफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।QR स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक QR इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमाQR गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । हालै भ्वाइसमा आधारित QRनोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले उपलब्ध गराइरहेका छन् ।