२०८३ जेठ ५ , मंगलबार

नेपाली पर्यटनको हस्ती अम्विका श्रेष्ठको निधनप्रति होटल संघ नेपालबाट श्रद्धाञ्जली अर्पण

Capture

सुनाखरी न्युज/ काठमाडौं।

द्वारिकाज होटेलकी संस्थापिका तथा नेपाली पर्यटन क्षेत्रकी अग्रणी व्यक्तित्व अम्विका श्रेष्ठको असामयिक निधनप्रति होटल संघ नेपालले गहिरो दुःख प्रकट गर्दै स्वर्गिय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

नेपाली कला, संस्कृतिलाई सम्वद्र्धन गर्दै व्यावसायिक रुपमा सफल एवं सुविधा सम्पन्न तारे होटेल रिसोर्टहरुको सञ्चालन गर्ने स्वर्गीय अम्विका श्रेष्ठले प्रारम्भ गर्नुभएको महिला उद्यमशिलताको विकिास स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसंशित छ । उहाँ र उहाँको परिावरबाट प्रवद्र्धित हेरिटेज होटेल तथा रिसोर्टहरुले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय रुपमा रहेको छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न संघ संगठनहरुमा प्रभावकारी नेतृत्व प्रदान गर्नुहुने स्वर्गिय श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियन्ता गुमाएको होटल संघ नेपालले जनाएको छ ।